१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सुब्बाको आन्दोलनलाई राष्ट्रिय स्तरका कर्मचारी ट्रेड युनियनको दह्रो साथ



काठमाडौं । नायब सुब्बाहरुले सुरु गरेको आन्दोलनलाई निर्णायक बनाउन भन्दै निजामती कर्मचारीका राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले आजदेखि संयुक्त आन्दोलन थाल्दैछन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट कर्मचारी संगठनहरुले आज अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दैछन् ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती ऐन ल्याउन दबाब दिन र नासुहरुले थालेको आन्दोलनलाई साथ दिन माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्न लागिएको बताए ।


प्रतिक्रिया दिनुहोस !