१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बीआरआईमा आइस ब्रेक ? रेलको सम्भाव्यता अध्ययन गर्न डिसेम्बरभित्र नेपालमा विज्ञ पठाउने



काठमाडौं । चीनले नेपाल-चीन सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न आगामी डिसेम्बरभित्र नेपालमा विज्ञहरु खटाउने भएको छ। परराष्ट्रमन्त्री नारायण खड्का र उनका चिनियाँ समकक्षी वाङ् यीबीच बुधबार भएको छलफलमा उक्त सहमति भएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ। 

‘सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न चीनले खर्च बेहोर्ने सहमति भएको छ। सन् २०२२ भित्र चीनले रेलको सर्वेक्षण गर्न विज्ञ टोली पनि खटाउनेछ’ बेइजिङ्मा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले भने। 

प्रवक्ता वेनबिनले नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क (ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क) निर्माण गर्ने सहमति भएको पनि जानकारी दिए। 

उक्त नेटवर्क चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बिआरआई) को एक अंग रही आएको छ। सन् २०१९ को मे महिनामा राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाँदा नेपाल र चीनबीच ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क अघि बढाउने सहमति भएको थियो। मन्त्री खड्काको चीन भ्रमणमा फेरि उक्त नेटवर्क निर्माण गर्ने सहमति भएको हो। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय