११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सिट बाँडफाँटको बटमलाइनसहित सोमबार छलफल गर्ने  



काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक सकिएको छ । गठबन्धन कार्यदलमा आज पनि दलहरुले आआफन दाबी प्रस्तुत गरेनन् । उनीहरुबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको राजनीतिक संवेदनशिलताका आधारमा सिट बाँडफाँटको सैद्धान्तिक समझदारी बनेको छ । दलहरुका आ–आफ्ना अडानसहित आगामी सोमबारको बैठकमा आउने गरी आजको बैठक सकिएको छ । 

“आजको बैठकमा पनि दलहरुबीच कति र कसरी सिट बाटफाँट गर्ने भन्ने ठोस सहमतिसम्म पुग्न सकिएन,” बैठकमा सहभागी एक नेताले भने, “आगामी सोमबार दलहरुले आन्तरिक छलफलपछि आआफ्ना अडानसहित पुनः बैठक बस्ने सहमति भएको छ ।” 

कांग्रेसका एक अनुसार विगतमा वाम गठबन्धन हुँदा जितेका माओवादी केन्द्र, नेकपा एस र जसपाले जितको स्थानमा कांग्रेसका शीर्ष तहका प्रभावशाली नेताहरु रहेको र अहिलेको जनमत पनि कांग्रेसकै पक्षमा देखिएकाले राजनीतिक संवेदनशीलताको विषय उठेको हो ।


प्रतिक्रिया दिनुहोस !