६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सभामुख सापकोटा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शुक्रबार भेटवार्ता भएको छ। उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार बिहान भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन्। 

सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा पाएको उपलब्धी, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरेका न्यौपानेले बताए। सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए। 

नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड-१९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहयोगबारे पनि सापकोटाले धन्यवाद दिए। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय