११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

रुसमै घुसेर युक्रेनले एयर बेसमा गर्‍यो ठूलो हमला, लडाकु जहाजहरु ध्वस्त



काठमाडौं । रुस-युक्रेन युद्धको करिब १७० दिनपछि क्रिमियाको एयर बेसमा भएको एउटा हमलाका स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन्। दाबी गरिएअनुसार युक्रेनी सेनाले रुसमा घुसेर उसको एयर बेसमा ठूलो क्षति पुर्‍याएको छ। 

यद्यपि यो आक्रमणमा अमेरिकाको हात रहेको समाचार पनि आइरहेका छन्। क्रिमियामा रहेको रसियन एयर बेसमा हमलाका लागि प्रयोग गरिएको प्रविधि युक्रेनसँग नरहेको तर्कसहित यसमा अमेरिकाको हात रहेको दाबी केही सञ्चारमाध्यमले गरेका हुन्। 

समाचार अनुसार रूसी कब्जामा रहेको क्रिमियाको साकी एयरबेसमा मंगलवार मध्यराति हवाई हमला भएको थियो। त्यसक्रममा ८ वटा रसियन लडाकु विमान ध्वस्त भएका छन्। रुसले यी विमानलाई युद्ध सुरु हुनुभन्दा पहिलेदेखि नै त्यहाँ तैनाथ गरेको थियो। साकी एयरबेसमा रूसका एसयु-३० एम लडाकु विमान, एसयु-२४ र टीआई-७६ मालवाहक विमान थिए। यी विमानमार्फत रुसले ब्ल्याक सागर र क्रिमियासँग जोडिएका क्षेत्रमा निगरानी गरिरहेको थियो।

रूसी सेनालाई उद्धृत गर्दै प्रकाशित गरिएका समाचार अनुसार यो हमलामा पश्चिमी देशको भूमिका छ। क्रिमिया एयर बेस युद्ध जारी रहेको स्थानबाट २०० किलोमिटर पूर्वतिर छ। त्यहीकारण यहाँ लामो दूरीको मिसाइल यहाँ पुग्न सक्दैन। यो हमलालाई लिएर रुसले जाँचबुझ थालेको छ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: