११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

माओवादी युवा नेता बोगटी काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारको आकांक्षी



काठमाडौं- नेकपा(माओवादी केन्द्र) का युवा नेता तथा केन्द्रीय सदस्य कुमार बोगटीले काठमाडौंको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेका छन् । उनले बुधबार सामाजिक संजालमार्फत उक्त निर्वाचन क्षेत्रबाट पार्टीले टिकट दिए आफूले उम्मेदवारी दिएर विजयी हासिल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने कांग्रेसका महामन्त्री गगन थापालाई हराउने उनको दाबी छ । नेता बोगटीले सामाजिक संजालमा लेखेका छन् ,‘म माओवादी केन्द्र को युवा केन्द्रीय सदस्य कुमार बोगटी काठमाडौ क्षेत्र नं ४ बाट पार्टीले टिकट दिलाए नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बिरुद्ध निर्वाचन लडेर पार्टीलाई विजयी गराउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

उनले आफूलाई पार्टीले टिकट दिलाए निर्वाचन जित्ने समेत बताए । लामो समयदेखि माओवादी आन्दोलनमा लागेका उनी युवामाझ सरल र सहयोगी स्वभाबले परिचित छन् । वखलढुङगा निवासी बोगटी २०५७ सालबाटै विद्यार्थी संगठनमा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका हुन् ।

पार्टीमा आशातित युवा नेताको छवी बनाएका उनले २०७४ मा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट समेत निर्वाचन लडेका थिए । उनी त्यतिबेला सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचन लडेका हुन् । उनी तत्कालीन अबस्थामा एमालेका शेरबहादुर तामाङ र अर्का राप्रपाका नेता पशुपति शमशेर राणासँग निर्वाचन लडेका उनी पुराना र संसदीय राजनीतिका हस्तीसँग चुनाव लड्दा पनि तेस्रो बन्नु कम चुनौतीपूर्ण होइन ।

उक्त निर्वाचनमा एमालेका शेर बहादुर तामाङ विजयी भए भने दास्रोमा राणा र तेस्रो स्थान उनले लिन सफल भएका थिए । पार्टीको सांगठनिक अबस्था कमजोर हुँदाहुँदै पनि उनको ब्यक्तिगत प्रभावले तेस्रो स्थान लिन सफल भएका थिए । सहयोगी र मिलनसार स्वभावका उनी कुशल संगठक समेत हुन् । उक्त निर्वाचनमा पार्टीको कमजोर सांगठनिक अबस्थाकको बाबजुद ब्यक्तिगत लोकप्रियता र प्रभावले तेस्रो स्थान लिन सफल भएको उनलाई नजिकबाट नियालेका माओवादी नेताहरु बताउँछन् ।

आफूलाई सदैब पार्टीको इमान्दार सिपाही भन्न रुचाउने उनी पार्टीको लागि जस्तोसुकै चुनौती मोल्न पनि तयार भएरै गगन थापाको बिरुद्ध उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेको बताउँछन् । यद्यपि पार्टीको एक सिपाही हुनुको नाताले पार्टी निर्णय विपरीत भने नजाने उनको दाबी छ ।

‘लामो समयदेखि माओवादी आन्दोलनमा लागे र अन्ततः माओवादी आनदोलनबाट प्राप्ते उपलब्धीको रक्षा मूल नेतृत्व अध्यक्ष कमरेड प्रचण्डबाट नै हुन्छ आगामी दिनमा यसको विकास र पार्टीलाई जनताबीच अझ लोकप्रिय बनाउँदै देशको आमुल परिवर्तन र वर्तमान उपलब्धीको वाहक शक्ति माओवादी नै हो भन्ने जनतालाई बोध गराउन उम्मेदवारी दिने आकांक्षा ब्यक्त गरेको हुँ, उनले भने, ‘मेरो उम्मेदवारी पार्टी र जनताको लागि हो हिजो पनि माओवादी घटकबाटै उम्मेदवारी दिएको हुँ तर अब माओवादी आन्दोलनका उपलब्धीको रक्षा गर्न हिजोका माओवादी शक्ति एकजुट हुनुपर्छ र माओवादी कमजोर हुँदा प्रतिगामीहरुको चलखेलबढयो त्यसैले त्यसको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ भनेर म मुलधारमा अध्यक्ष कमरेडलाई सहयोग गर्न उद्धत छु ,पार्टीलाई विजयी गराउन चुनाव लड्ने आकांक्षा ब्यक्त गरेको हु ,मैले टिकट पाए अवश्य ४ नं मा गगन थापालाई हराउन सक्षम छु यो मेरो प्रतिबद्धता हो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: