११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

शीतल निवासअगाडि आत्मदाह गर्न निहारिकाले पेट्रोल खन्याइसकेकी थिइन्, तर प्रहरीले लाइटर खोस्यो



काठमाडौं । किशोरवयमै आफूलाई पटक पटक आफूलाई बलात्कारमा संलग्न दोषीलाई कारबाही नभएको भन्दै कुमारी आमा निहारिका राजपुतले शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासअगाडि आत्मदाह प्रयास गरेकी छन्। केही दिनयता माइतीघर, सिंहदरबार र बालुवाटार केन्द्रित आन्दोलन गरिरहेकी उनी शुक्रबार दिउँसो शीतल निवास अगाडिको सडकमा पुगिन् ।

काखे नाबालक छोरो बोकेर शीतल निवास अगाडि पुगेकी उनले साथमा दुई लिटर पेट्रोल पनि लगेकी थिइन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार उनलाई शरीरमा पेट्रोल खन्याइसकेर आगो लगाउन तयार भइसकेको अवस्थामा उद्धार गरिएको हो। 

बोतल र सानो ग्यालेनमा भरेर लगेको पेट्रोल नै शरीरमा खन्याएर आत्मदाह गर्न तयार भइसकेकी उनलाई प्रहरीले तत्कालै बचाएको हो। उनले ग्यालेनको पेट्रोल खन्याइसकेकी थिइन् भने मिनरल वाटरको बोतलमा रहेको पेट्रोल प्रहरीले नियन्त्रणमा लिएको छ।

निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो। ‘उनी पेट्रोल खन्याएर शरीरमा आगो लगाउन तयार भइसकेकी रहिछन्’, ती प्रहरी अधिकारीले भने, ‘तर तत्कालै त्यहाँ खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: