११ आश्विन २०७९, मंगलवार
 |   Tue Sep 27 2022
Logo

कार्चेन लामाविरुद्ध रिटको सुनुवाइ मन्त्री पदबाट हटेपछि, नयाँ मन्त्रीको शपथ रोकियो



काठमाडौं । कर्णाली प्रदेशका पूर्वमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्धको रिटको अन्तिम सुनुवाइ लामा पदबाट हटेपछि आएको छ। गैरसांसद लामालाई मन्त्री नबनाउन माग गर्दै परेको रिटको सुनुवाइ लामाले मन्त्री पदको समयावधि पुरा गरेपछि आएको हो। 

सो आदेशका कारण नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ। प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकिएको हो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए। ‘पहिला अदालतको पत्र आइपुग्यो, मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको पत्र बिहीबार साँझ प्राप्त भयो,’ उनले भने, ‘उच्च अदालतको निर्देशनात्मक आदेशका कारण तत्काललाई शपथ रोकिएको छ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: