१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

बागमती प्रदेशका कर्मचारीको अवकाश उमेर थपियो



हेटौँडा । बागमती प्रदेश सरकारले निजामती कर्मचारीहरूको अवकाश उमेर हद बढाएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा बनेको विधेयक ल्याएसँगै अब कर्मचारीले ६० वर्षमा अनिवार्य अवकाश पाउनेछन् ।

संघमा निजामती ऐन जारी नभएको अवस्थामा प्रदेशले हाल कायम भन्दा दुई वर्ष उमेर हद बढाएको हो । नेपालको संविधानमा संघले निर्माण गरेको कानूनसँग नबाझिने गरि मात्रै प्रदेशले ऐन बनाउनुपर्ने व्यवस्था भए पनि बागमतीले भने संघले कानून ल्याई नसकेको अवस्थाको फाइदा उठाउँदै ५८ वर्षबाट २ वर्ष थप गरेको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले भने, ‘हामीले हाम्रो प्रदेश लोकसेवा अन्तरगतको कर्मचारी र समायोजन भएका आएका कर्मचारीको हकमा उमेर हद कायम गरेका हौँ, यदि संघीय कानूनसँग फरक हुने अवस्था आयो भने पनि सोही अनुसार संशोधन प्रक्रियामा अघि बढ्ने छ ।’


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: