१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल भयो : डा. भट्टराई



पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभयो ।

आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको चर्चा गर्नुहुँदै नेता भट्टराईले माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको प्रष्ट पार्नुभयो ।

अहिलेको सङ्घीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको उहाँले स्मरण गर्नुभयो । अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पार्नुभयो । ‘संविधानका अपूर्णताहरु छन् । खासगरी सङ्घीयता अपूर्ण छ । राष्ट्रपतिय प्रणाली लगायतका शासकीय सुधारका काम अपुरो छ’ भन्दै डा. भट्टराईले आफूहरुको बढी एजेण्डा माओवादीसँगै मिलेको बताउनुभयो ।

आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको उहाँले स्पष्ट पार्नुभयो । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने अध्यक्ष भट्टराईले बताउनुभयो । माधव नेपालसहितको बृहत् समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुनसक्ने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !