८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै



नेपाली काँग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । आगामी ४ मङ्सिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्मका लागि कांग्रेले यो अभियान चलाउन लागेका हो ।

यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।


प्रतिक्रिया दिनुहोस !