१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बारले चोलेन्द्रविरुद्द महाअभियोग समितिलाई बुझायो ३४ वटा प्रमाण



काठमाडौं । नेपाल बार एशोशिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको आरोपसँग सम्बन्धित कागजात, विवरणलगायतको प्रमाण प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बुझाएको छ । बारको ३४ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश गरिएको छ ।

साथै मिडियामा प्रकाशित समाचारको लिंक पनि राखिएको छ । समितिले निलम्बित जबरालाई भदौ १५ गते बयान लिँदैछ । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’


प्रतिक्रिया दिनुहोस !