१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

चट्याङ लागेर तीन महिलाको मृत्यु



रौतहट । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेशकुमार सिंहले जानकारी दिए । मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: