९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

नौगाडका अध्यक्ष धामीको बढ्दो लोकप्रियता, नीतिगत भ्रष्टाचारको अन्त्य !



दार्चुला । दार्चुला जिल्लाको विकट गाउँपालिकामा माओवादीबाट विजयी बनेका अध्यक्ष दलजीत धामीले एकपछि अर्को गरि लोकप्रिय काम गर्दै गएपछि जिल्ला भरी अध्यक्ष धामीको नाम चर्चामा छ । पालिकामा पूर्ववर्ती एमाले अध्यक्षले कर्मचारी भर्ना गर्दा अध्यक्षले मनमौजी ढंगले नियुक्ति दिने परम्परालाई तोड्दै अध्यक्ष धामीले कर्मचारी भर्ना प्रक्रियालाई व्यवस्थित गराएपछि विपक्षी पार्टीका नेताकार्यकर्तालेसमेत प्रशंसा गर्न थालेका छन् ।

त्यस्तै अध्यक्ष धामीले बर्षाको समयमा पालिकामा प्राकृतिक प्रकोपबाट पीडितहरुलाई पनि कुनै पार्टीका नेताकार्यकर्ता नभनी राहत उपलब्ध गराएका छन् जबकी एमालेको स्थानीय सरकारले आफ्ना कार्यकर्ताका घरहरूलाई मात्रै छानीछानी उपलब्ध गराउने तर माओवादी र काङ्ग्रेसका कार्यकर्ता भए पीडितहरुलाई राहत उपलब्ध नगराउने गरेको स्थानीयहरु बताउँछन् ।

त्यस्तै नौगाड गाउपालिकाले शिक्षामा व्यापक सुधारको नीति लिएको पालिका अध्यक्ष धामी बताउँछन् । पालिकाले एमबीबीएस डाक्टरलाई नियुक्त गरेको छ । जसले पालिकामै धेरै रोगहरुको उपचार गर्न सकिने अध्यक्ष दलजीत धामी बताउँछन् । पालिकाले आफ्नो सय दिनको प्रगति विवरण पनि सार्वजनिक गरेको छ । त्यस्तै एमाले सरकार हुँदा पालिकामा हुने गरेको नीतिगत भ्रष्टाचारको अन्त्य भएको भन्दै स्थानीयहरुले दलजीत धामीको स्वच्छ छबिको प्रसंशा गर्ने गरेका छन् । यो अघि पालिका स्तरका योजनामा ठेकेदारसँग मोटो कमिसनको मोलमोलाइ हुने गरेको एक जना ठेकेदार बताउँछन् । एमाले सरकारको पालाको होपरिगाड सिप्टी सडकको एउटा घुम्तीको ५५ लाखको बजेट, ८० लाखको औद्योगिक ग्राम नीतिगत भ्रष्टाचारको उदाहरण हो ती ठेकेदार भन्छन् । तर दलजीत धामीले जितेपछि भने सुशासन र भ्रष्टाचार मुक्त पालिका बनेको भन्दै प्रसंशा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: