८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

जनकपुरमा झडप : एक प्रहरी घाइते, चार जना पक्राउ



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २२ मा बिहीवार राति भइरहेको आरकेस्ट्रा कार्यक्रम बन्द गराउन पुगेका प्रहरी र दर्शकबीच झडप भएको छ ।

झडपमा प्रहरी हबल्दार सुजित कुमार झा घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

हिन्दी र भोजपुरी अश्लिल गितमा केटी नचाइरहेको सूचना पाएपछि बन्द गराउन मध्यरातमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो । कार्यक्रम बन्द गराउन खोज्दा दर्शक र स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि झडप भएको बताइएको छ ।

सांस्कृतिक कार्यक्रम भनेर हिन्दी र भोजपुरी गितमा लेडिज नचाइरहेको थाहा पाएपछि प्रहरी पुगेको थियो’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले भने, ‘कार्यक्रम बन्द गर्न भनेपछि प्रहरीमाथि ढुङ्गामुढा गर्न थालियो । सो क्रममा प्रहरी हवलदार घाइते भएका छन् ।’

डिएसपी क्षेत्रीले प्रहरीमाथि ढुङ्गामुढा गर्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरु आयोजक नै रहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !