१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

सर्लाहीमा रित्तियो एकीकृत समाजवादी



सर्लाही । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सर्लाहीका उपाध्यक्षसहित अधिकांश नेता–कार्यकर्ता एमालेमा फर्किएका छन् । उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका थुप्रै कार्यकर्ता आज एमाले प्रवेश गरेका हुन् ।

आज मलंगवास्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर उनीहरुले एमालेमा समाहित भएको घोषणा गरे । एमाले प्रवेश गर्नेहरुमा समाजवादीका उपाध्यक्ष यादवसहित सचिव गोविन्द अधिकारी, सहसचिव चूडामणि वाग्ले र जिल्ला कमिटीका २५ जना नेता छन् ।

त्यो टोलीलाई एमालेका पूर्वसांसद हरि उप्रेतीले स्वागत गरेका छन् । उनीहरू उप्रेतीकै पहलमा एमालेमा फर्किएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: