१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

उदयपुरमा एकै परिवारका ३ जनाको बीभत्स हत्या, खुकुरीसहित एक जना पक्राउ



उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको बीभत्स हत्या भएको छ । बेलका–७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए ।

उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । ‘घटनामा संलग्न मुख्य मान्छेलाई पक्राउ गरिएको छ,’ डिआइजी गिरीले भने । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा डिएसपी राकेश कुमार पोदारका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजनालाई खुकुरीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । पारिवारिक विवादको कारणले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: