१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

अमेरिकाबाट नेपाल आएकी श्रीमतीको हत्या गरेर गुरुङले आफ्नो पेटमा खुकुरी रोपे



पोखरा । पोखराका एक व्यक्तिले श्रीमतीको निर्ममतापूर्वक हत्या गरेका छन्। पोखरा १४ राधाकृष्ण मार्ग बस्ने ४६ वर्षीय लोकबहादुर गुरुङले शुक्रबार बिहान आफ्नी ४४ वर्षीया श्रीमती बिमला गुरुङको हत्या गरेका हुन्। बिमला यही भदौ ९ गते अमेरिकाबाट नेपाल आएकी थिइन्।

लोकबहादुरले बिहान सवा ८ बजेतिर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेका थिए। सासुमाथि खुकुरी प्रहार  भएपछि उनकी बुहारीले चिच्याउँदै हारगुहार गरेकी थिइन्।

एक स्थानीयले भने, ‘के भयो भनेर सोध्दा ‘मामाले माइजुलाई खुकुरीले हान्यो’ भनेपछि हामी गयौँ, भित्रबाट चुकुल लगाएको अवस्थामा दुवै जना भुइँमा लडेको भेटियो।’ 

स्थानीयले घाइतेलाई तत्काल पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको र सवा ११ बजेतिर अस्पतालले मृत घोषणा गरेको उनले बताए। श्रीमतीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका लोकबहादुर मादक पदार्थको कुलतमा फसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि आफ्नो पेटमा पनि खुकुरी रोपेका थिए।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: