९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

लोकसेवा आयोगको कारबाहीमा परे २१ परीक्षार्थी, २० जनाले २ वर्ष परिक्षा दिन नपाउने



सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षाको उत्तरपुस्तिकामा परीक्षार्थीले नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोजेपछि परीक्षा रद्द गरी उनीहरुलाई कारबाही गरेको छ । उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई २ वर्ष परीक्षा दिन नपाउने गरी र नाम र रोल नम्बर लेख्ने अन्य २० जनालाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारबाही  गरेकाे हाे।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नं. ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह, सहायकस्तर पाँचौं तह, सवइन्जिनियर पदको २०७९ जेठ २१ गते संचालित लिखित परीक्षामा सहभागी २१ जना परीक्षार्थीले यस्तो प्रयोग गरेकाले परीक्षा रद्द गरी कारबाहीको गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: