९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु



काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु भएको छ । बसन्तपुरस्थित हनुमानढोकामा बुधबार यःसी अर्थात लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । बुधबार बिहान ७ः१७ को साइतमा लिंगो ठड्याइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ ।

लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । शाह वंशीय राजा प्रतापसिंह शाहको पालादेखि लिंगो गाड्ने चलन रहेको मान्यता छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: