८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए । मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ७५ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ६१ रिक्त पदको लागि २७८ जनाले परीक्षा दिएको मध्येमा ७३ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि ३८ रिक्त दरबन्दीको लागि १७७ जनाले परीक्षा दिएकोमा ४७ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कर्णाली प्रदेशको लागि २० शिक्षक पदका लागि ४२ जनाले परीक्षा दिएको मध्ये जम्मा १७ जनाले उत्तीर्ण गरेका छन् । सुदुरपश्चिम प्रदेशमा २७ शिक्षक पदका लागि १२९ जनाले परीक्षा दिएका थिए । ती मध्येमा २८ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

लिखित परीक्षाको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योग गर्न चाहनेले भदौ २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

परीक्षार्थीले अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेद्वारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम बुझाउनुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !