८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सन्दीप किशोरीसहित होटल पुगेको सीसीटीभी फुटेज भेटियो



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।  पीडित किशोरीले प्रहरीमा जाहेरी दिए लगत्तै प्रहरीले प्रमाण संकलन र अनुसन्धान सुरु गरेको छ ।

प्रमाण सङ्कलनका क्रममा प्रहरीले सन्दीप किशोरीसहित होटल पुगेको सीसीटीभी फुटेज फेला पारेको छ । सन्दीपले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको सीसीटीभी क्यामराको दृश्य संकलन गर्दा प्रहरीले सन्दीप किशोरीसहित होटल पुगेको सीसीटीभी फुटेज फेला पारेको हो । सीसीटीभी क्यामेराको फुटेजमा गत भदौ ५ गते लामिछाने र पीडित भनिएकी किशोरी होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार सन्दीप र ति युवती घटना भएको राति ११ः५५ बजे घटना भएको भनिएको होटलमा पुगेका थिए । उनीहरु भोलि बिहान साढे ६ बजे मात्र त्यहाँबाट बाहिरिएका थिए । 

होटल पुगेपछि सन्दीपले मादक पदार्थ सेवन गरी राति पटकपटक जबरजस्ती करणी गरेको किशोरीको किटानी जाहेरीमा उल्लेख छ । सन्दीप अहिले नेपालमा छैनन् । क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका पुगेका छन् । देशबाहिर रहेका सन्दीपले यस घटनाको बारेमा केही बोलेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !