१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सरकारले गुप्तचरको डिआइजी बढुवा र सरुवाको समाचार लुकाएपछि…



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग अर्थात गुप्तचरतर्फ अस्ति क्याबिनेट बैठकले डिआइजीमा बढुवा र सरुवा गरेको छ । हिजो सरकारका प्रवक्ताले उक्त बैठकका अन्य निर्णय सार्वजनिक गरे पनि गुप्तचरतर्फको खबर भने पूरै लुकाइएको थियो । अर्को हप्तादेखि अवकास हुन लागेका विभागका प्रमुख यदुलाल खरेलको ठाउँमा हुतराज थापा र ओम जोशीमध्येबाट उक्लेपछि रिक्त हुने एआइजीको यौटा दरवन्दीमा कर्णालीमा कार्यरत डिआइजी टेकेन्द्र कार्कीलाई उकाल्ने योजना छ ।

अस्तिको क्याबिनेट बैठकबाट पुलिसतर्फ एसएसपी सरहका पाँच जनालाई डिआइजी बनाइएको छ । जसको एक नम्बरमा ओमबहादुर खड्का रहेका छन् । उनी राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत थिए । त्यसैगरी अभियान महाशाखामा कार्यरत रामप्रसाद दास २ नम्बरमा बढुवा भएका छन् । कृष्ण खनाल तीन नम्बरमा,भीमबहादुर बुढाथोकी चौथो र पाँचौमा प्रजेश हमाल छन् ।

बढुवा भएकामध्ये कृष्ण खनाललाई एक नम्बर प्रदेशको हेडक्वार्टर धरान खटाइएको छ । त्यहाँ रहेका डिआइजी प्रकाश पाण्डेलाई हेटौंडा ल्याइएको छ भने मधेश प्रदेशमा प्रजेश हमाल जाने भएका छन् । त्यहाँका ओम जोशी यसअघि एआइजी भैसकेका छन् ।

सरुवाको क्रममा गण्डकी प्रदेशको पोखरामा मधु कार्की ७ नम्बरबाट ल्याइएका छन् भने लुम्बिनीका सुमन वैद्यलाई यथावत राखिएको छ । कर्णालीका टेकेन्द्र कार्कीलाई प्रशासन महाशाखा र रामप्रसाद दासलाई सुर्खेत सरुवा गरिएको छ ।सुदूरपश्चिम प्रदेशमा बढुवाको एक नम्बरमा रहेका ओम खड्काको पदस्थापन भएको छ । भीमबहादुर बुढाथोकीलाई भ्याली अपरेशनको जिम्मा छ ।


प्रतिक्रिया दिनुहोस !