११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह



काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएको कारणले छाडिएको उनले बताए। यसमा प्रहरीको अनुसन्धान पनि नसकिएको उनले बताए। ‘प्रहरीले सहमति मागेपछि छाड्न अनुमति दिएका हौं,’ उनले भने। यद्यपि अनुसन्धान भने नसकिएको उनले बताए। उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत् छन्। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !