७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

क्षमतावान नेता दलबहादुर धामी प्रदेश सभाका लागि सिफारिस



बैतडी : अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बैतडीले प्रदेश सभा क्षेत्र नम्बर १ बाट दलबहादुर धामी (अग्नि) काे नाम सिफारिस गरेकाे छ । राजनीतिमा लामाे अनुभव भएका केन्द्रीय सदस्य धामीलाई १ नम्बरमा सिफारिस गरेकाे माओवादी केन्द्र बैतडीले जनाएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा पर्ने पुर्चाैडी नगरपालिका-३ घर भएका क्षमतावान, त्यागी, ईमानदार नेता धामी निकै लामाे समय निस्वार्थ राजनीतिमा लागेका थिए । उनको नाम माओवादी केन्द्रले सिफारिस गरेकाे खबर सुनेपछि साथ जनतामा खुसी छाएकाे छ ।

जनता माझ राम्रो छवि भएका नेता धामीले क्षेत्र नम्बर १ बाट सहजै रुपमा चुनाव जित्ने स्थानीयहरु बताउँछन् । माओवादी केन्द्रले प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ दल बहादुर धामी (अग्नि), रणबहादुर कुवर, प्रेम प्रकाश भट्ट, शंकर भण्डारी र धर्म सिंह ऐरलाई सिफारिस गरेकाे छ । प्रदेशसभा क्षेत्र नम्बर २ बाट केन्द्रले गोपाल चन्द, रमेश चन्द, डा.केदार चन्द्र भट्ट र  ईश्वरी भट्टलाई सिफारिस गरेकाे जनाएको छ । केन्द्रले प्रतिनिधिसभाका लागि नेता नरेन्द्र कुवर बिजयसुन्दरलाई सिफारिस गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस !