९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

भोजपुरमा माओवादीबाट सुदनसहित ४ जना सिफारिस



काठमाडौं । नेकपा माओवादी केन्द्र भोजपुरले आसन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ चारजनाको नाम सिफारिस गरिएको माओवादीका जिल्ला संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले जानकारी दिए । सिफारिसमा परेका नामहरूमा सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङ छन् । अजम्बरले पनि प्रतिनिधिसभामा दाबी गरेपछि जिल्लाको राजनीतिक गफगाफमा चर्चा बढेको छ ।

एमालेमा हुँदा युवा संघको अध्यक्ष भइसकेका काङमाङ अशोक राईहरूसँगै संघीय समाजवादी फोरममा लागेका थिए । उनी पछिल्लो समय माओवादीमा छन् । कतिपयले दुईपटक जितिसकेकाले सुदन नै टिकटका लागि बलियो दाबेदारी मानेका छन् भने जनताले नयाँ अनुहार खोजेको गाउँ कमिटीबाट माग आएको जिल्ला समन्वय समितिका एक नेता बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: