१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

अबको चुनावमा माओवादी एमालेभन्दा ठूलो दल बन्ने प्रचण्डको दाबी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल हुँदा आफ्नो पार्टीलाई वामपन्थी आन्दोलनको पहिलो र देशको निर्णायक शक्ति हुनेगरी गर्ने लक्ष्य रहेको बताएका छन् । पोखरामा आज आयोजित माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो लक्ष्यभन्दा दायाँबायाँ हुने गरी तालमेल नहुने प्रस्ट पारे ।

गएको स्थानीय तह निर्वाचनमा पहिला जितेकालाई बचाउन र पछि जितेकालाई कायम राख्न सकेको भए देशको दोस्रो र वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्थ्यौं । तथ्य तथ्यांक र जनमतले त्यही देखाउँछ’, प्रचण्डले भने, ‘तर, आफ्नै कारणले पहिला जितेका ५० भन्दा बढी पालिका गुमाउन पुग्यौं । त्यो लक्ष्य आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूरा गरिछाड्ने अध्यक्ष प्रचण्डले बताए । स्थानीय चुनावमा पहिलो नेपाली काङ्ग्रेस, दोस्रो नेकपा एमाले र तेस्रो माओवादी बनेको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: