१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

मधेसमा उपेन्द्रलाई टक्कर दिन एमालेसँग लोसपाको गठबन्धन, ओली र ठाकुरको वार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे ।

‘अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो,’ ती नेताले भने । स्रोतका अनुसार एमालेले लोसपालाई केही सातायता नै सहकार्यबारे आफ्नो तयारी गर्न प्रस्ताव पठाएको थियो । तर ठाकुर अनिर्णित थिए ।

मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाट निष्कर्षमा पुर्‍याउन सक्रिय रहे पनि लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: