१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

आजको मौसम : दुई प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह



काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा बिहानैबाट पानी परिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: