९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

कांग्रेस धनुषाका प्रभावशाली नेतालाई भित्र्याउन जनकपुर जादै ओली



जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेस धनुषाका प्रभावशाली नेता सन्तोष यादवसहितलाई पार्टीमा भित्र्याउन जनकपुरधाम जाने भएका छन् । कांग्रेस धनुषाका पूर्वउपसभापति यादव पार्टी सभापति शेरबहादुर देउवा समूह हुन् । उनी अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । जिल्ला सभापतिमा हारेपछि असन्तुष्ट रहँदै आएका नेता यादवले एमालेमा प्रवेश गर्न लागेको स्वीकार गरे ।

आन्तरिक कलह बढ्दा पार्टीमा बस्न उपयुक्त नभएका कारण आफू समर्थक नेता-कार्यकर्तासहित एमालेमा प्रवेश गर्न लागेको उनले बताए । एमालेले मंसिर ४ गते हुने निर्वाचनमा यादवलाई प्रदेशसभा क्षेत्र ४ (ख) मा उम्मेदवार बनाउन लागेको स्रोतले जनायो । नेता यादवले भने प्रदेशसभा सदस्य उम्मेदवार बन्ने नबन्ने विषयमा केही खुलाउन चाहेनन् ।

प्रभावशाली नेता यादव र उनको टीमलाई स्वागत गर्न एमाले अध्यक्ष ओली भदौ २७ गते सोमबार जनकपुरधाम आउने भएका हुन् । एमाले धनुषाले जनकपुरधाममा अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा पार्टीको चुनावीसभा कार्यक्रमसमेत राखेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: