१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

दशैंका लागि नयाँ नोट वितरण शुरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)देखि दशै‌ंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले नेपाल प्रेसलाई जानकारी दिए ।

आज कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । भदौ २९ गतेबाट नयाँ नोट वितरण गर्ने भनेपनि आजबाटै वितरण गरिएको नेपालले बताए ।

एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । आज ४० करोड रुपैयाँ वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण गर्ने नेपालको भनाइ छ ।

यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष सात अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: