१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

प्रहरी भन्छ-सन्दीप लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्छौं



काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किएका छैनन् । कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए ।

लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ ।

बलात्कृत युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरेको हो । त्यसपछि लामिछानेविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ ।

तर उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै पक्राउ पर्ने बताए ।

ज्ञवालीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई लड्ने बताएका थिए । जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: