९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

माओवादीबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका नेता एमालेमा प्रवेश



घोराही । नेकपा माओवादीका नेता पर्शुनारायण श्रेष्ठ ‘दिनेश’ एमालेमा प्रवेश गरेका छन् । मंसिर ४ गतेको आम चुनावका लागि उनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट एकलरूपमा सिफारिस गरिएको थियो । यसअघि पनि स्थानीय चुनावताका उनले पार्टी छाडेका थिए ।

पछि माओवादी र कांग्रेसको तर्फबाट घोराहीका मेयरमा प्रतिस्पर्धा गरेका हेमराज शर्मा ‘डाइमण्ड’ का कारण उनी पुन: फर्किए । श्रेष्ठलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । नेकपा एमाले दाङ क्षेत्र नम्बर २ का प्रदेश इञ्चार्ज शिवकुमार आचार्य, लुम्बिनी प्रदेशका सहइञ्चार्ज जीवन गौतम, एमाले नेता प्रमोद शर्माको उपस्थितिमा उनी एमालेमा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: