२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई २५ हजार क्रिया खर्च दिने नौगाड पालिकाको निर्णय



दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले शुक्रबार राती आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई तत्काल क्रिया खर्च बार्फत रु २५ हजार राहात दिने निर्णय गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष एवम विपद व्यवस्थापन समिति संयोजक दलजित सिह धामीको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले तत्काल बाढि पहिरोबाट मृत्यु भएका परिवारलाई क्रिया खर्चबाफत २५ हजार रुपैँया राहात दिने निर्णय भएको अध्यक्ष धामीले बताउनु भयो ।

नौगाड गाउँपालिका वडा नं १ सल्ला गाउँका पुर्णघर क्षेतिभएका परिवारलाई सुरक्षित ठाउँमा राख्न सोही गाउँको रुइसैन ठाउँमा व्यवस्थापन गर्ने निर्णय भएको अध्यक्ष धामीले जानकारी दिनु भयो । यस्तै गाउँपालिकाको वडा नं २ दल्लेखमा पुर्ण घरक्षेति भएका परिवारलाई सोही ठाउँको सुरक्षित ठाउँमा अस्थाई बसोबासको व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

पुर्णघर प्रभावित १० परिवारलाई परिवार संख्याको आधारमा प्रतिव्यतिm रु २ हजारका दरले राहात रकम उपलब्ध गराउने विपदव्यवस्थापन शाखा नौगाडले जनाएको छ । प्रतिपरिवार १ सय केजि चामल ५ केजि दाल,२ लिटर तेल,२ केजी नुन,२ वटा साबुन, तथा १ केजी चिनी बाढि पहिरो प्रभावित परिवारलाई दिने निर्णय गरिएको विपदव्यवस्थापन शाखा नौगाडले जनाएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय (दार्चुला) का अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्। हराइएकाहरुको खोजि कार्य जारी रहेपनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय