७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

निमावि तहको लाइसेन्स परीक्षामा १८ प्रतिशत मात्रै पास



काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । जस अनुसार १८ प्रतिशत परीक्षार्थीमात्र उतीर्ण भएका छन् । २८ साउनमा लिएको लाइसेन्स परीक्षामा देशभरबाट १ लाख ८१ हजार ५७५ सहभागी भएका थिए । त्यसमध्ये ३२ हजार ८८८ जना अर्थात १८.११ प्रतिशतले मात्रै उतीर्ण भएका हुन् ।

प्रदेश १ बाट ३१ हजार ६८८ जना सहभागी भएकामा ६ हजार ४१९ जना, मधेशमा २५ हजार ८१ जना सहभागी भएकामा २ हजार ६५७ र बागमतीमा २६ हजार २८२ सहभागी भएकामा ६ हजार ५१९ जना उतीर्ण भएका छन् ।


प्रतिक्रिया दिनुहोस !