९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

चुनावका कारण नेपाल ट्वान्टी–२० लिग डिसेम्बरमा हुने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महत्त्वकांक्षी प्रतियोगिता नेपाल ट्वान्टी–२० लिग डिसेम्बरमा मात्र हुने भएको छ ।  क्यानले गृह मन्त्रालयको आग्रहअनुसार प्रतियोगिता डिसेम्बरमा सार्नुपरेको जनाएको छ । आन्तरिक विवादका कारण अदालतसम्म पुगेको नेपाल ट्वान्टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तालिका थियो । 

तर, मंसिर चार गतेका लागि तय भएको संघ र प्रदेशको निर्वाचनका कारण गृह मन्त्रालयले प्रतियोगिताको सुरक्षा व्यवस्था गर्न नसक्ने भएको बताएपछि स्थगित भएको क्यानले जनाएको छ । 

प्रतियोगितामा ३३ विदेशी खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का थियो । प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज क्लबले दुई दिनको ड्राफ्ट प्रक्रियाबाट खेलाडी अनुबन्ध गरेका थिए । जसमा ६७ नेपाली खेलाडी थिए । 

क्यानले प्रतियोगिताको ११ देखी ३१ डिसेम्बरसम्म गर्ने गरी नयाँ मिति तोकेको छ । प्रतियोगिताका लागि सहभागी सबै ६ फ्रेन्चाइज टिमको घोषणा भइसकेको छ । फ्रेन्चाइज टिममा फारवेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स र काठमाडौं गोर्खाजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: