८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

शिक्षक सेवा आयोगको नतिजा : विषय शिक्षक पाउनै सकस



काठमाडौं । शिक्षक सेवा आयोगको सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको नतिजाअनुसार विद्यालय तहमा फेरि पनि शिक्षक अभाव हुने देखिएको छ । आयोगले गत असार ९ गते लिएको विषयगत परीक्षामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउनै सकस देखिएको छ ।

आयोगको तथ्यांकअनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या ज्यादै न्यून छ । आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । २०७८ चैत १५ गते सञ्चालित सामान्यतर्फको परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकामा ३ हजार ८८६ मात्र उत्तीर्ण भए ।सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएका उम्मेद्‍वारहरुको गत असार ९ गते विषयगत परीक्षा भयो । तर, आयोगले माग गरे अनुरुप अधिकांश विषयमा शिक्षक छनोट हुन सकेनन् ।

नेपाली विषय शिक्षकको २३१ रिक्त दरबन्दीको लागि १० हजार १३७ आवेदन परेकोमा २२९ जना मात्र अन्तर्वार्तासम्म पुगे । गणित विषयको २८९ शिक्षकका लागि ३ हजार ७५० आवेदन परेकोमा जम्मा १४१ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । त्यस्तै, ४३५ पद रिक्त विज्ञान शिक्षकको लागि २ हजार ८० आवेदन परेकोमा ३८३ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयको नतिजा हेर्दा अधिकांश विषयमा माग गरिएभन्दा निकै कम उम्मेद्‍वार अन्तर्वार्ताको लागि छनोट भएका छन् ।शिक्षक सेवा आयोगले लिखित परिक्षा उत्तीर्ण उमेद्वारहरुको अन्तरवार्ता असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन गर्दैछ । त्यसको नतिजा कात्तिकभित्रै सार्वजनिक गर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय