काठमाडौं । ठमेलमा एक गिरोहले आफूलाई प्रहरी बताउँदै ३० लाख रुपैयाँभन्दा बढी लुटपाट गरेको छ । प्रहरीका अनुसार भदौ २२ गते साँझ सवा ७ बजे दुईवटा मोटरसाइकलमा पछ्याएका व्यक्तिले एकान्त ठाउँ पारेर आफूलाई प्रहरी बताउँदै लुटपाट गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अनुसन्धान प्रहरी कार्यालयको टोलीले भोजपुर स्थायी घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली स्थायी घर भई काठमाडौको कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप स्थायी घर भई कपन बस्ने २० वर्षीय मिनबहादुर तितुङलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ठमेलमा सन्चालित ओरियन्टल मनी ट्रान्सफर बन्द गरी घरतर्फ गइरहेका ब्यक्तीलाई दुईवटा मोटरसाइकलमा उनीहरुले पछ्याएर म्हैपी पानी टंयाङ्कीमा पुगेपछि नियन्त्रणमा लिएर सोभा भगवतीको पुल मुनी पुगेपछि ती व्यक्तीको साथमा रहेको झोला, आईफोन लुटेर उनिहरु फरार भएका थिए ।