७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पेट्रोलको मुल्य ६ रुपैयाँ घटेर आयो, तर निगम फेरि भन्छ-मासिक २० करोड घाटा छ



काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले बतायो । डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !