८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा



काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

नेपालको जितमा प्रिती राईले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा उनले उत्कृष्ट गोल गरिन् । दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।


प्रतिक्रिया दिनुहोस !