९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

नायक प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा



काठमाडौं । चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

कात्तिक १ गतेदेखि रात्री शो बन्द गर्ने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने– उहाँले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ ।मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुल्ला हुने तर कफी र पपकर्न खाँदै हेरिने चलचित्र हल बन्द गर्ने निर्णय गलत भएको उनले बताए ।

चलचित्र विकास बोर्डले रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने नियम बनाएको छ । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: