१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

सिभिल सहकारीले किनेको जग्गा इच्छाराजको नाममा



काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नामा विभिन्न समयमा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा पुगेको पाइएको छ । सहकारीले पैसा तिरेर किनेको सुन्धाराको सिभिल मल र सिटिसी मल तथा सोल्टीमोडको आफ्नै भवन पनि संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा पुगेको हो ।

सिभिल सहकारी पीडितहरूका अनुसार काठमाडौँको सुन्धारामा रहेको १२ रोपनी जग्गा र त्यसमा बनेको सिभिल बिजनेस कम्प्लेक्स भवनको ५० प्रतिशत स्वामित्व सिभिल सहकारीको थियो । सो जग्गा खरिद गर्न जग्गाधनीलाई सहकारीबाट नै भुक्तानी भएको थियो । तर, सो भवनको स्वामित्व सहकारीको नभई आफ्नो भएको दाबी तामाङले गर्न थालेका छन् । 

सिभिल बिजनेस कम्प्लेक्स प्रालिको ५० प्रतिशत स्वामित्व सिभिल सहकारी भएको देखिन्छ । बाँकी ५० प्रतिशत सेयर स्वामित्व लालकाजी गुरुङ र मीना गुरुङको नाममा देखिन्छ । सहकारी स्रोतका अनुसार सो जग्गा लालकाजी गुरुङ र मिना गुरुङको नामा थियो भने त्यसको मूल्यांकन ३४ करोड रुपैयाँ गरी आधा रकम सिभिल सहकारीले तिरेर ५० प्रतिशत सेयर स्वामित्व लिएको थियो ।

सहकारी संस्थाबाट रकम भुक्तानी गरिएर खरिद गरिएको जग्गा र त्यसमा बनेको भवनको दाबी अहिले तामाङले गरेका छन् । सहकारीको नाममा सेयर भए पनि सेयर बापतको रकम सहकारीले भुक्तानी नगरेको दाबी तामाङले गरेका छन् । सो प्रालिको लागि खरिद गरिएको जग्गा र भवनको रकम आफूले तिरेको दाबी तामाङको छ । 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: