१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

काठमाडौंमा गोली लागेर एक जना घाइते, स्थानीय भन्छन्-तीन वटा आवाज सुनियो



काठमाडौँ । काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका छन् । गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगिसकेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन ।

केही स्थानीयहरूले भने उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो । अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे विवरण लिइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: