७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

गाडीबाट झर्ने बितिक्कै गोली हानियो, मोहम्मदकी छोरीले एक तलाबाट हाम फालेर हतियारधारीलाई लखेटिन्



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली प्रहारबाट घाईते भएका कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको मृत्यु भएको छ । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको सीसीटिभी फुटेजमा देखिएको छ । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

गाडीबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । गाडीका चालक रामप्रसाद गौतमले भने, ‘म ड्राइभरको सिटमै थिएँ । उनी गाडी खोलेर ओर्लिनासाथ गोली हान्न थाल्यो ।’ प्रत्यक्षदर्शी शंकर दाहालले बताएअनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लाग्यो । गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । गोली हान्ने समूह मोटसाइकल चढेर भाग्यो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय