९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

धनगढीको भाडा १७ हजार



काठमाडौं । दसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो । दसैं आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् ।

यस्तै दसैंको समयमा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् ।विगतमा काठमाडौं–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ । सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौं रहेको छ । विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए । उनका अनुसार काठमाडौं फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: