८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

आज देशभरी बर्षाको संभावना, काठमाडौंमा पानी नपर्ने



काठमाडौं । अहिले (बिहीबार बिहान ६:४२ बजे) प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल सुदूरपश्चिम प्रदेश, प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। ‘प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा पानी पार्ने बादल विकास भइरहेको छ’, मौसमविद् मानन्धरले भनिन्। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

यस्तै राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। काठमाडौंमा आज मौसम बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन्। 


प्रतिक्रिया दिनुहोस !