६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

धनगढीमा श्रीमान् भारतबाट आएकै दिन श्रीमतीको हत्या, छोरी घाइते



धनगढी। कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए ।

ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताए । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !