१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

तरलता अभाव : ४० अर्बको ट्रेजरी बिल सोझै किनेर तरलता पठाउँदै राष्ट्र बैंक



काठमाडौं । बैंकहरु तरलता संकट गहिरिंदै गएपछि राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएको छ ।राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो ।६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेश गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वाषिर्क प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ राष्ट्र बैंक्ले जनाएको छ ।

तर, समान वाषिर्क प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँट हुनेछ ।चालु आर्थिक वर्षमा नवीकरणको लागि बोलकबोल भएको ट्रेजरी बिल राष्ट्र बैंक आफैले धमाधम खरिद गरिरहेको छ । तर, यसपटक भने ट्रेजरी बिल सोझौ खरिद गरेर राष्ट्र बैंकले प्रणालीमा तरलता पठाउन लागेको हो ।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो । चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो । यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो ।२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल साझै खरिद हुने केन्द्रिय बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !