९ आश्विन २०७९, आईतवार
 |   Sun Sep 25 2022
Logo

बेलायतमा भारतीय हिन्दू र पाकिस्तानी मुस्लिमको बीचमा झडप, ४७ जना पक्राउ



एजेन्सी । बेलायतको लेस्टर सहरमा गत शनिबार हिन्दू र मुस्लिम युवाबीच झडप भएपछि स्थानीय प्रहरीले ४७ जनालाई पक्राउ गरेको छ । यस सहरमा दुई पक्षबीच तनाव उत्पन्न भएको यो पहिलो घटना होइन। यो तनाव भारत र पाकिस्तानबीच २८ अगस्टमा भएको क्रिकेट खेलबाट सुरु भएको थियो । इङ्गल्याण्डको पूर्वी मिडल्याण्डमा अवस्थित लेस्टर सहरका करिब ३७ प्रतिशत जनसंख्या दक्षिण एसियाली मूलका छन्। तीमध्ये अधिकांश भारतीय मूलका छन् । लेस्टर प्रहरीका कार्यवाहक प्रमुख हवल्दार रोब निक्सनले शनिबार दुवै पक्षका युवालाई एकअर्कामाथि आक्रमण गर्न रोक्दा १६ प्रहरी घाइते भएको जानकारी दिए । यस घटनामा एक प्रहरी कुकुर पनि घाइते भएका छन् । दुई पक्षबीच झडप भएको जानकारी पाएपछि महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रममा तैनाथ प्रहरीलाई त्यहाँबाट हटाएर तनाव शान्त गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: