१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सशस्त्रको नयाँ एआइजीमा डिआइजी बंशीराज दाहालको नाम सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको नयाँ एआइजीमा बढुवाको निम्ति नायव महानिरीक्षक (डिआइजी) बंशीराज दाहाल सिफारिस भएका छन् । उनलाई गृह मन्त्रालयको बढुवा समितिले हिजो सिफारिस गरेको छ ।

दाहाललाई बढुवा सिफारिस गरिएको सूचनामा भनिएको छ, ‘सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति २०७९/०६/०६ गतेको निर्णयानुसार नायव महानिरीक्षकलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको हुँदा सोही नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

समितिका सदस्य सचिव तथा महानिरीक्षक राजु अर्यालको हस्ताक्षर रहेको सूचनामा बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने जानकारी पनि गराइएको छ । उनीपछिका दावेदार इन्जिनियर किशोर प्रधान हुन् ।


प्रतिक्रिया दिनुहोस !